प्रधान सम्पादक चलाउनेलाई पितृ शोक

काठमाडौं, ३ असार । ननस्टपखबर डट कमका प्रधान सम्पादक प्रभात चलाउनेलाई पितृ शोक परेको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सचिव समेत रहेका प्रधान सम्पादक चलाउनेका पिता मर्दवीर चलाउनेको सोमबार दिउसो ३ बजेको समयमा निधन भएको हो ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-६ नायकवाडा घर भएका मर्दवीरको ७० वर्षको उमेरमा घरमै निधन भएको पारिवारिक श्रोतले बतायो । पछिल्लो समय उनलाई फोक्सोको क्यान्सरले ग्रसित बनाएको थियो । काठमाडौंमा उपचार गराएर उनी दुई महिना अघि गाउँ फर्केका थिए । उनका श्रीमती, ३ छोरा, ३ छोरी छन ।

जेठो छोरा प्रधान सम्पादक चलाउने एक कार्यक्रमको लागि केहि दिनदेखि जापानमा रहेका छन । उनले कार्यक्रम छोट्याएर फर्कने क्रममा रहेको बताएका छन भने काठमाडौमा रहेका अर्का छोरा विवेक चलाउने सोमबार नै नेपालगंज पुगेका छन । उनी मंगलवार दिउसोसम्ममा घर पुगेपछि पिता मर्दवीर चलाउनेको अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले बताएको छ । दुखको यस घडिमा ननस्टपखबर परिवार बुबाप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै प्रधान सम्पादक चलाउने लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

Loading...