शिक्षक लाइसेन्सको विज्ञापन यसै साता, अनलाइन आवेदन र मेसिनबाटै कपी परिक्षण

भक्तपुर, २ असार । शिक्षक सेवा आयोगले यसै साताभित्र शिक्षण अनुमति पत्र शिक्षक लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुलाउने भएको छ । विज्ञापनका लागि सबै तयारी सकिएको आयोगले जनाएको छ ।

वैशाखकै पहिलो साता विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न सकेको थिएन ।

अब भने प्राविधिक समस्या हटेकाले एक–दुई दिनदेखि एक साताभित्रै विज्ञापन गरिने आयोगका प्रशासकीय प्रमुख डा। तुलसी थपलियाले जानकारी दिए ।आयोगले विज्ञापन खुलाउने विषयमै यही असार १ गते दिनभरी नै छलफल गरेको थियो । डा। थपलियाले अबको एक–दुई दिनदेखि साताभित्रै लाइसेन्सको विज्ञापन हुने स्पष्ट पारे ।

आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो । आयोगले परीक्षा फारम अनलाइनबाटै भर्ने व्यवस्था गर्दैछ । अहिलेसम्म परीक्षार्थी जुन जिल्लाको हो, सोही जिल्लामा गई दरखास्त दिनुपर्ने बाध्यता थियो । यसो गर्दा परीक्षार्थीले शास्ती र खर्च दुबै ब्यहोर्नु परेको थियो ।

शिक्षक लाइसेन्स पाउन अब बस्तुगत र विषयगत गरी दुई परीक्षा दिनुपर्ने छ । बस्तुगत परीक्षामा उत्तीर्णहरु मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

आयोगले माध्यमिक र निम्नमाध्यमिक तहका लागि विषयगत परीक्षा लिनेछ । यसका लागि नयाँ पाठ्यक्रम पनि तयार पारेको छ ।ुलाखौं परिक्षार्थीहरु बस्तुगत प्रश्नको परीक्षाबाटै छाटिनेछन् र हजारौंको संख्यामा मात्रै विषयगत परीक्षामा सम्मिलित हुनेछन् । थपलियाले भने, अब शिक्षकको विज्ञता पनि परिक्षण हुन्छ ।ु

अनलाइन फारम भर्दा बैंक भौचर भर्न आयोगले दिएको सिम्बोल नं अनुसार प्रत्येक व्यक्तिलाई बैंकले बेग्लाबेग्लै कोड नम्बर दिनेछ । यसबाट बैंक भौचर भरेको सुनिश्चितता हुने बताइएको छ । पहिलोपटक अनलाइन फारम भर्ने व्यवस्था भएकाले यसमा निकै सुझबुझ अपनाइएको आयोगले स्पष्ट पारेको छ ।अनलाइन फारम भर्ने र बुझाउने तरिका आयोगको वेभसाइटमा राखिन र अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने तयारी गरेको थपलियाले जानकारी दिए ।

आयोगका अनुसार माध्यमिक तहको लाइसेन्स लिन स्नातक, निम्नमाध्यमिक र प्राथमिक तहका निम्ति १२ कक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । यसमा पाँच किसिमका योग्यता निर्धारण गर्न लागिएको डा। थपलियाले जानकारी दिए । यसैगरी शिक्षा ऐनले तोकेअनुसार विज्ञान, गणितलगायत ९ वटा विषयमा तालिम नभएपनि परीक्षा दिन पाउने आयोगले जनाएको छ ।

आयोगले २०७३ पछि लिएको शिक्षक लाइसेन्सको परीक्षामा निम्न माध्यमिक तहमा २ लाख ७० हजार ६९ मध्ये ८४ हजार ८८२ अर्थात ३१ दशमलव ४३ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । यस्तै माध्यमिक तहमा ६६ हजार १२ जनाले परीक्षा दिएकामा ३३ हजार ३९६ अर्थात ५० दशमलव ६ प्रतिशतले मात्रै लाइसेन्स लिन सफल भएका थिए ।

२०७४ मा स्नातकोत्तर तह उत्तीर्णहरुका लागि मात्रै गरिएको शिक्षक लाइसेन्स विज्ञापनमा २२ सय परीक्षामा सहभागी भएपनि ९ सय अर्थात ३६ दशमलव ५ प्रतिशत मात्रै उत्तीर्ण भएका आयोगले जनाएको छ ।

प्रशासकीय प्रमुख थपलियाका अनुसार आयोगले २०६१ देखि २०६७ सम्मगरी प्राथमिक तहमा १ लाख ९८ हजार ८३०, निम्नमाध्यमिक तहमा २०६१ देखि २०७२ सम्म ३ लाख ३६ हजार २८५, माध्यमिक तहमा २०६१ देखि २०७२ सम्म १ लाख ३५ हजार ९६० गरी कुल ७ लाख ६५ जनालाई शिक्षक लाइसेन्स वितरण गरेको छ । यसैगरी साविक उच्च माध्यमिक तह११र १२ कक्षाका लागि २२ हजार ९८६ जनालाई लाइसेन्स वितरण गरिएको छ ।

Loading...