गुठी विधेयक सच्याउने प्रधानमन्त्रीको संकेत,मौकामा चौका नहान्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको गुठी विधेयक सच्याउने  संकेत गरेका छन् । युरोप भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै  विधेयकमा केहि कमिकमजोरी भए सच्याइने बताएका हुन् ।

जनताको मन दुखाउने गरी सरकारले कुनै काम नगर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

गुठीले गरीबमाथि शोषण गरेको भएर गुठीलाई नियमन गर्न विधेयक ल्याएको भन्दै उनले सांस्कृतिक, ऐतिहासिक तथा परम्परागत रितिरिवाजका क्षेत्रमा केहि तलमाथि भएको भए त्यसलाई सच्याइने जिकिर गरे ।

जनताप्रति सरकार उत्तरदायी रहेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल तर्फ लक्षित गर्दै विधेयकका विषयमा भएको विरोधको मौका छोपेर फाइदा नउठाउन आग्रहसमेत गरे ।

Loading...