शताब्दीपुरुष जोशीलाई किर्तिपुरवासीले गरे भब्य सम्मान

कीर्तिपुर, ३२ जेठ । शताब्दीपुरुष सत्यमोहन जोशीलाई कीर्तिपुरवासीलेे भव्य अभिनन्दन गरेका छन। अनक मिडियाको संयोजन तथा कीर्तिपुर क्षेत्रका नागरिकको आयोजनामा शनिबार जोशीलाई सममान गरिएको हाे ।

जाेशीले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई उज्ज्वल बनाउन संस्कृति, संम्पदा, साहित्य, भाषाको उत्थान हुन जरुरी रहेको बताउदै नेपाललाई विकासतिर लैजान सम्पदाको ठूलो देन रहने बताउनुभयाे ।

राष्ट्रिय आयोजनाका ठूल्ठूला सडक, उद्योग र भवन लगायत देशको संस्कृति र सम्पदालाई जगेर्ना गर्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो ।

संस्कृतिविद् जोशीले सातादेखि चुलिदै आएको बिषय गुठी विधेयकबारे बोल्नुहुँदै गुठी विद्ययेकले राजधानी क्षेत्रका नेवार जातिका संस्कृति, सम्पदा र जात्रापर्वलाई असर पर्ने देखिने र जाति, क्षेत्र र धर्मको आधारमा गुण दोष हुने भएकाले सोही अनुसार ब्यवहारमा लैजान संशोधन आवश्यकतामा जोड दिनुभयो ।

काठमाडौं क्षेत्र नम्बर १० का संघीय सांसद राजेन्द्रकुमार केसीले शताब्दी पुरुषलाई सम्मान गर्न पाउँदा आफू खुशी भएको बताउनुभयो ।

उहाँले जात्रै जात्रा र मठमन्दिरको शहरको रुपमा परिचित काठमाडौंलाई गुठी विद्ययेकले असर गर्ने सम्भावना रहेकोमा जोड दिनुभयो ।

त्यस्तै, अर्का प्रदेश सभाका सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेशकुमार महर्जनले मन्तब्य दिनुभएको थियो ।

Loading...