प्रदेश २ लाई समृद्ध कृषिप्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको मन्त्री साहको दावी

सर्लाही , ३१ जेठ  । किसान आर्थिक रुपले सबल र समृद्ध नभई प्रदेश समृद्ध नबन्ने प्रदेश सरकारका कृषी–भुमि तथा सहकारी मन्त्री सैलेन्द्र कुमार साहले बताएका छन ।

विहीबार सर्लाहीको हरिवन–२ लालभित्तीमा प्रदेश सरकारको लगानी निर्माण गर्न लागिएको बजारसेट भवनको सिलन्यास गर्दै मन्त्रि साहले यस्तो बताएका हुन् ।

प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने अठोटका साथ प्रदेश २ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखी अहिले निति– कार्यक्रम तथा बजेट विनियोजन समेत गरेको उनले उक्त अवसरमा जानकारी गराए ।

सरकारले सिँचाई, कृषि सडक, कृषि बिद्युतिकरण र कृषि प्रविधिमा लगानी गरी कृषि उत्पादनमा बृद्धि गर्दै प्रदेश २ का किसानको आर्थीक समृद्धिमा टेवा पुर्याउने किसिमले बजेटमा नीति तथा कार्यक्रम अघि सारेको उनको दावी छ ।

हरिवन २ लालभित्तीमा २० लाखको लागतमा निर्माण गर्न लागेको भवनको मन्त्री साह र सांसद संचमाया मोक्तानले संयुक्त रुप मा सिलन्यास गरेका थिए । सिलन्यास गर्न पुग्नु भएको मन्त्रिलाई स्थानियबासी बजार ब्यवस्थापन समितीका पदाधिकारी, वडा बाट निर्वाचित जनप्रतिनिधि लगायतले भव्य रुपमा बाजा– गाजाका साथ दौसला ओढाई स्वागत समेत गरेका थिए । काम समयमै सम्पन्न गरेमा आफ्नो मन्त्रालयको तर्फबाट थप १० लाख रुपैया भौतिक पुर्वधार निर्माणको लागी सहयोग गर्ने समेत मन्त्री साहले प्रतिबद्धता प्रकट गरेका छन ।

कार्यक्रममा पञ्चबुद्ध सामुदायिक वनकि अध्यक्ष पद्मा ठोकर, प्रदेश सांम्सद सञ्चमाया मोक्तान लगायतले बजार क्षेत्र विकासको लागी आ– आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम वडा तथा बजार ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन महतोको अध्यक्षतामा सम्पन भएको हो ।

कार्यक्रममा कार्यपालिका सदस्य पान माया ठोकर, बम बहादुर मोक्तान, गंगा लाल थिङ, सन्तोश भुजेल, भागिरथ महत्तो विद्यार्थी नेता किशोर कुमार यादब केसि लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक पशुपति शर्माले जानकारी दिए ।

यसैविच मन्त्रि साह तथा सांसद मोक्तानले स्थानिय निर्माणाधिन छ्याङ छुक छोइलिङ गुम्बाको समेत अवलोकन तथा निरीक्षण गरे ।

Loading...