भारतमा तीन लाख मानिस स्थानान्तरित, समुद्री आँधी अरब सागरतिरै फर्कियो

एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा बज्रिने पूर्वानुमान गरिएको समुद्री आँधीले बाटो फेरेको छ। मौसमविद्हरूका अनुसार सो आँधी अरब सागरतिरै फर्किएको छ।

नराम्रो प्रभाव पार्ने अनुमानसहित उक्त आँधीको मार्गमा पर्ने ठानिएका क्षेत्रबाट झन्डै तीन लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। तर तटीय क्षेत्रमा बलियो हावाहुरी चलिरहने अधिकारीहरूले बताएका छन्।

गुजरात राज्य तथा दमन र दिऊ क्षेत्रलाई अझै उच्च सतर्कतामा राखिएको छ। तटीय क्षेत्रमा आएपछि आँधीको वेग प्रतिघण्टा १७० किलोमिटर जति हुने अनुमान गरिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका थिए। रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको थियो भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको थियो।

विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको थियो।

Loading...