तलव वृद्धि लागू हुनु अगावै सरकारले सार्वजनिक यातायातको भाडा बढायो

काठमाडौं । केपी ओली सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । असार १ गतेदेखि लागू हुने गरि सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको हो ।

हाल कायम रहेको भाडा दरमा १२ प्रतिशतले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले बतायो । हाल प्रति ४ किमि १४ रुपैयाँ भाडा भएकोमा भाडा वृद्धि लागू भए संगै १६ रुपैयाँ तिर्नुपर्ने भएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने यो भाडा वृद्धि नभई भाडा समायोजन भएको जिकिर गरेका छन ।

उनका अनुसार मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण भाडादर वृद्धि गरिएको हो ।

बजेटले कर्मचारीको तलव बढाएसंगै महंगी बढ्ने आम धारणालाइ सार्वजनिक यातायातको भाडा वृद्धिले मलजल गर्ने अवस्था सिर्जना भएको छ । विभागले भने उपभोक्ताकर्मीहरुको सहमतीमा भाडा समायोजन गरिएको दावी गरेको छ ।

Loading...