अत्यधिक गर्मीका कारण ४ जनाको मृत्यु, तापक्रम पुग्यो ५० डिग्री

काठमाडाैं । भारतमा अत्यधिक गर्मीका कारण गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीबाट झांसीका लागि छुटेको केरला एक्सप्रेसको रेल भित्रै चार जना यात्रुको मृत्यु भएको हो ।

६८ जनाको समुहमा रहेका उनीहरु बनारसी र आगराको भ्रमण सकेर घरतर्फ (कोयम्बटूर) गइरहेका थिए । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए । अत्यधिक गर्मीका कारण केहि यात्रुहरु बेहोस भए पछि चिकित्सक बोलाइएको थियो ।

चिकित्सकले चारैजनालाई मृत घोषित गरेका हुन । चिकित्सकले मृत घोषणा गरेपछि उनीहरुको शव झाँसी रेल स्टेशनबाट निकालिएको हो । सो ठाँउको तापक्रम सोमबार ५० डिग्री सेल्सियस पुगेको थियो भने अहिले पनि भारका अधिकांश क्षेत्रको औसत तापक्रम ४५ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ ।

इलाहाबाद, दिल्ली, लखनउ लगायतका कैयौं सहरमा ४५ डिग्री सेल्सिय माथि तापक्रम रहेको बताइएको छ ।

Loading...