हङ्‌कङ सुपुर्दगी कानुन विवाद: प्रदर्शनकारीद्वारा सरकारी भवन घेराबन्दी, विरोध चर्किने चिन्ता

हङ्‌कङ

हङ्‌कङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोध गर्न हङ्‌कङमा हजारौँ मानिसहरू सडकमा भेला भएका छन्।

सो विधेयकबारे छलफल सुरु हुनुभन्दा एक दिनअघि मङ्गलवार हङ्‌कङको विधायन परिषद्अगाडि प्रदर्शनकारीहरू रातभरि जाग्राम बसेका थिए।

तर बेइजिङ निकट मानिने हङ्‌कङकी नेत्रीले त्यो विधेयक फिर्ता नहुने अडान राखेकी छन्।

प्रस्तावित विधेयकले हङ्‌कङका नागरिकलाई मुद्दाको पुर्पक्षको लागि चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गरेको छ।

 

हङ्‌कङका व्यवसायीहरूले पनि त्यो विधेयकको विरोधमा सहभागी हुने सङ्केत दिएका छन्।

तर प्रस्तावित कानुनको विरोध हुँदाहुँदै पनि त्यसलाई बेइजिङनिकट विधायन परिषद्ले पारित गर्ने अपेक्षा गरिएको छ।

हङ्‌कङ

वर्षा भइरहेको भए पनि प्रदर्शनकारीहरू आउने क्रम रोकिएको थिएन। सुरक्षाव्यवस्था मिलाउन विधायन परिषद् भवनबाहिर प्रहरीको बाक्लो उपस्थिति रहेको छ। बुधवार प्रदर्शन थप चर्किने अपेक्षा छ।

के भन्छ नेतृत्व?

आइतवारदेखि सुरु भएको विरोधप्रदर्शनलाई हङ्‌कङमा स्वतन्त्रता भएपछि गरिएको सबैभन्दा ‘ठूलो प्रदर्शन’ मानिएको छ।

तर हङ्‌कङकी नेत्री क्यारी ल्यामले सुपुर्दगी विधेयक फिर्ता नहुने बताएकी छन्।

क्यारी ल्याम

चिनियाँ सञ्चारमाध्यमले हङ्‌कङको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएका छन्।

हङ्‌कङ

विरोधको दायरा फराकिलो बनेको सङ्केत दिँदै विद्यार्थी, वकिल तथा व्यवसायीहरूले पनि आवाज उठाउन थालेका छन्।

विधेयक फिर्ता हुनु पर्ने माग गर्दै हस्ताक्षर सङ्कलन भइरहेको छ।

शक्तिशाली व्यवसायीहरूले नयाँ विधेयकका कारण हङ्‌कङको लगानी र व्यवसायीमैत्री वातावरण प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

तर सरकारले मानाअधिकार रक्षाका लागि कानुनसम्मत उपायहरू अपनाइने र सबै किसिमको चिन्ता घटाउन आवश्यक काम गरिने आश्वासन दिएको छ।

प्रदर्शन

तथापि सुपुर्दगी विधेयकलाई लिएर अहिले हङ्‌कङमा सन् १९९७ मा ब्रिटेनले हङ्‌कङ चीनलाई फिर्ता दिएपछि सबैभन्दा ठूलो विरोधप्रदर्शन भएको छ।

विवादास्पद विधेयकको विषयमा हङ्‌कङकी प्रमुख कार्यकारी क्यारी ल्याम र कानुन विभागका सदस्यहरूविरुद्ध दिइएको भनिएको ज्यान मार्ने धम्कीबारे हङ्‌कङ प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

प्रदर्शनकारीहरूको योजना के छ?

विधेयक वाचन गर्ने कार्यक्रमअघि तनाव बढ्दै गर्दा मङ्गलवार राति हङ्‌कङमा सामान्य वाधाव्यवधानहरू भएका थिए।

अन्लाइनमार्फत् गरिएको एउटा अपीलले ५० हजार मानिसलाई विधायन परिषद् भवनबाहिर भेला हुन आग्रह गरिएको थियो।

प्रदर्शन

उनीहरूलाई बुधवार बिहानसम्मै भवनबाहिर बस्न भनिएको थियो।

बुधवार बिहान सबेरै वर्षाको बेवास्ता गर्दै केही हजार मानिसहरू भवनवरपर आइपुगेका थिए।

बाक्लो सङ्ख्यामा उपस्थित प्रहरीले युवायुवतीलाई भेला हुन निरुत्साहित गर्दै आगन्तुकहरूको शरीर जाँच गरेको थियो।

विविसि नेपालीबाट

Loading...