विप्लवका कार्यकर्ताले गरे स्थानीय निकायको कार्यालयमा तोडफोड

जाजरकोट , २९ जेठ । जाजरकाेटकाे नलगाड नगरपालिकाकाे एक वडा कार्यालयमा ताेडफाेड भएकाे छ ।

जाजरकाेटकाे पूर्वी क्षेत्रमा रहेकाे नलगाड नगरपालिकाकाे वार्ड नं १० काे कार्यालयमा ताेडफाेड भएकाे हाे । उक्त ताेडफाेड नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले गरेकाे थाहा भएकाे छ ।

केही नचिनिएका मानिसहरु आएर ध्यारगाउँमा रहेकाे वडा कार्यालयकाे कुर्सी, दराज, कागजात ताेडफाेड गरेकाे वडा कार्यालयका कर्मचारीले बताए । उनीहरुले कार्यालय भवनभित्र रहेका सामानहरु बाहिर फालेर समेत ताेडफाेड गरेकाे कर्मचारी बताउँछन ।

यसैबीच विप्लव नेतृत्वकाे नेकपाका जाजरकाेट जिल्ला इन्चार्ज प्रेमप्रकाश ओली धमिलले आफूहरुले नै वडा कार्यालय ताेडफाेड गरेकाे स्वीकार गरेका छन् । उनले वडा कार्यालयमा भ्रष्टाचार भएकाे र उनीहरुले दलालहरुकाे काम मात्र गरेकाले ताेडफाेड गर्नुपरेकाे बताए । साथै उनले यस्ताे भ्रष्टाचार अन्य ठाउँमा समेत भएकाे दावी गर्दै दलाल विरुद्ध कारवाही जारी रहने पनि बताए ।

१० नम्बर वडा कार्यालय रहेकाे ध्यारगाउँ जनयुद्धकालमा समेत निकै चर्चित गाउँ हाे । यो गाउँ माओवादी आन्दोलनको उद्गमस्थलमा रुपमा परिचित छ ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकाेटले कार्यालय तोडफोड भएकाे जानकारी अाएकाे र त्यसका बारे थप कुरा बुझ्दै गरेकाे जानकारी दिएकाे छ ।

Loading...