के हो खतरानाक सिकलसेल रोग ? यस्ता छन बच्ने उपाय

सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग हो । यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यो रोग लागेका बिरामीमा रक्तकोषहरु गोला आकारमा नभइ हँसिया आकारकाे हुन्छ ।

सिकलसेलका बिरामीको शरीरिमा हँसिया आकारको रक्तकोष हुने भएकाले रक्त सञ्चार प्रवाहमा असर पर्छ । शरीरको विभिन्न भागहरुमा राम्रोसँग रगत प्रवाह नहुँदा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा कडा खालको दुखाई हुन्छ ।

सामान्यतया राता रक्तकोषको आयु १ सय २० दिनसम्म हुन्छ । तर सिकलसेल भएका बिरामीको शरीरमा रक्तकोषको आयु १० देखि २० दिनसम्म मात्रै हुन्छ । जसको कारण बिरामीलाई रक्तअल्पताको समस्या हुन्छ । यदी आमा र बुबा दुवैमा यो रोगको जीन छ भने दुईमध्ये एक जना सन्तानमा यो रोग सर्छ ।

सिकलसेलको लक्षण

–छिटो छिटो थकाई लाग्ने,

–सास फेर्न गाह्रो हुने,

–छाती दुख्ने,

–छाती,पेट, हात खुट्टा ढाडमा अचानक कडा खालको दुखाई हुने,

–कमलपित्त हुने,

–आँखामा समस्याहरु देखिने,

– अन्धोपना हुनसक्ने,

–पक्षघात हुने सक्ने,

–संक्रमणहरु भइरहने,

– ज्वरो आउने,

–वाकवाक लाग्ने,

–वान्ता हुने,

– खोकी लाग्ने ।

यी लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्यसंस्थामा स्वास्थ्य परिक्षण गनुपर्छ ।

सिकलसेलका कारण हुने जटिलताबाट यसरी बच्नुस्

–संक्रमण विरुद्ध खोप लगाउने,

–आँखाको नियमित परीक्षण गर्ने,

– रक्त अल्पतालको उपचार गराउने,

–स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित औषधि सेवन गर्ने,

– पानी प्रशस्त्र मात्रामा पिउने,

–धेरै तनाब नलिने,

–सुर्तीजन्य पदार्थ तथा मदिरापान नगर्ने ।

Loading...