आफ्नै छोरीलाई जवर्जस्ती करणी गर्ने उपसचिव यसरी समातिए, पशुतुल्य बाबुको कुकर्म पर्दाफास

ललितपुर । ललितपुर प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गर्ने एक बाबुलाई पक्राउ गरेको छ । सोमबार उनलाई धोविघाटस्थित घरबाट पक्राउ गरिएको हो ।

प्लस टु पढ्ने  १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा उजुरी परेपछि बाबु पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले पुष्टी गरेको छ । महोत्तरी स्थायी ठेगाना भै हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय बाबुले आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको जाहेरी परेपछि अभियुक्त बाबु पक्राउ परेका हुन् ।

पक्राउ पर्ने व्यक्तिको पहिचान खुलाउदा पिडित किसोरीको समेत पहिचान खुल्न सक्ने भएकोले उनको पहिचान गोप्य राखिएको छ । पीडक ४५ वर्षिय कथित बाबुद्वारा बलात्कृत हुदै आएकी किसोरी पढेलेखेकी परिवारकी सदस्य मात्र होइनन बल्कि उनका बाबु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राजपत्राङ्कित कर्मचारी समेत हुन् । अभियुक्तले बिदेशमा बाबुछोरीको शारारीक सम्बन्ध सामान्य भएको भन्दै धाकधम्की दिदै घटना घटाएको प्रहरीले बताएको छ ।

उक्त घटना आमाले समेत थाहाँ पाएकी थिइन् । पारिवारिक तथा सामाजिक इज्जतका कारण घटना बाहिर नल्याएपछि अभियुक्तको मनोबल झन् बढेको र आफ्नो ककर्म नरोकेको बताइएको छ ।अन्तत आमा छोरीले प्रहरीमा उजुरी गरे संगै पशुतुल्य बाबुको कुकर्म पर्दाफास भएको छ । घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ ।

Loading...