नयाँ गीत ‘बोली मंहगो’ मा एसबी र मेलिना

जेष्ठ २८ , काठमाडौं । संचारकर्मी एवम् गायकका रुपमा चिनिदै आएका एसबी साउँदले मेलिना राईसँगको स्वरमा नयाँ गीत ‘बोली मंहगो’ सार्वजनिक गर्ने तयारीमा रहेमा छन् ।

पत्रकारीता र संगीत क्षेत्रलाई संसंगै लैजाने साउँदको आत्मविश्वास  बोली महंगो लगत्तै माया लाउ गीत भिडियोसहित ल्याउने अर्को तयारी उनको रहेको छ ।

पुतलीसडकस्थित एवन् म्यूजिक स्टुडियोमा गीत रेकर्डपछि गायक साउँदले आफुले युवा पुस्ताका श्रोतालाई मध्यनजर गरेरै यो गीत रकर्ड गरेको जानकारी दिए ।

उनको यस गीतमा मायलुलाई फकाउन हम्मेहम्मे परेको कथा लुकेको छ । केही हप्तामै गीत भिडियोसहित युट्यूबमा सार्वजनिक गर्ने उनले बताए ।

कैलालीको टीकापुरका स्थायी बासिन्दा साउँद सन् २०१३ देखि औपचारिक गायनमा पनि सक्रिय छन् । सबै विधाका गीत रुचाउने उनले चलचित्रको पाश्र्व गायनमा विशेष रुची राख्छन् ।

उनका आफ्नै शब्द, संगीतमा ४ र अन्य गरि ६ ओटा गीत रेकर्ड भइसकेका छन् ।

उनी हाल अनामनगरस्थित रेडियो मिर्मिरे तथा शुभदिन डटकममा समाचार सम्पादककारुपमा कार्यरत छन् ।
साउँदको नयाँ गीतमा आफ्नै शब्द/संगीतमा रहेको छ ।

Loading...