नासाद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पर्यटकलाई खोल्ने घोषणा, शुल्क प्रतिदिन ३५ हजार डलर

अमेरिकी वैज्ञानिक संस्था नासाले सन् २०२० देखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ।

नासाले पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिने जनाएको छ।

आईएसएसका सहायक निर्देशक रोबिन गेटिन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन्।

अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउनेछन्।

“नासाले व्यापारिक अवसर र त्यसको बजारीकरणका लागि इन्टर्न्याश्नल स्पेस स्टेशन खुला गर्दैछ। पहिला कहिल्यै पनि यस्तो गरिएको थिएन,” सो संस्थाका प्रमुख आर्थिक अधिकृत जेफ डिविटले न्यूयोर्कमा भने।

विविसि नेपालीबाट

Loading...