सभामुख महराकी नातिनी बनिन् मिस लिटिल च्याम्प

काठमाडौं । जेठ २३ को साँझ पिन्जुको लागि विशेष रह्यो । कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जु मिस्टर एण्ड मिस लिटिल च्याम्पको फाइनल राउण्डमा सर्वाेत्कृष्ट भएकी छन् । पिन्जु संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराकी नातिनी हुन् ।

सभामुख महराकी छाेरी प्रगति महराकी छाेरी पिन्जुले राष्ट्रिय नाचघरको भव्य एवं चमकदार मंचमा मिस लिटिल च्याम्पको ताज पहिरिइन् । यो पल उनको लागि साँच्चिकै निकै रोमाञ्चक एवं गौरवपूर्ण रह्यो । पिन्जुका वुवा रन्जित बुढा मगर र आमा प्रगति महरा दुबै जनवादी कलाकार हुन् । जनयुद्धकालमा उनीहरु दुबै जना स्थापित जनकलाकार थिए । 

‘म निकै खुशी छु । यो क्षण मेरो जीवनका सबैभन्दा खुशीको क्षण हो । कलाक्षेत्रमा केही गर्ने मेरो सपना आज पूरा भयो ।’ ताज पहिरिए लगत्तै पिन्जुले उत्साहित भावमा प्रतिक्रिया दिइन्,‘पहिलो प्रयासमै मैले ठूलो सफलता पाएँ । यति ठूलो मंचमा प्रस्तुती दिएर विजेता बनें । यो सफलताले मेरो आत्मविश्वास बढाइदिएको छ ।’

प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधीका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा अभिनेत्री कल्पना श्रेष्ठ थिइन । बालअधिकारबारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् । लिटिल मिस च्याम्पको उपाधी सहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् ।

जनवादी गायिका प्रगति महरा र जनकलाकार रंजीत बुढा मगरकी छोरी हुन् । नौ वर्षीया पिन्जु भानुभक्त मेमोरियल पानीपोखरी, काठमाण्डौंमा कक्षा ४ मा अध्ययनरत छिन् । पढाइमा पनि उत्तिकै अब्बल पिन्जुको नृत्य र अभिनयमा विशेष दख्खल छ ।

म्यूजिक एप टिकटकमा उनको अभिनय र प्रस्तुती निकै चर्चित छन् । तीन वर्षको उमेरदेखि विद्यायलयहरुमा हुने साँस्कृतिक कार्यक्रमहरुमा नृत्य प्रस्तुत गर्न शुरु गरेकी पिन्जुको भविष्यमा कुशल कलाकार बनेर चिनिइने आकांक्षा छ ।

 

 

 

 

 

Loading...