कतारी राजकुमारी ७ जनासँग आपत्तीजनक अवस्थामा पक्राउ, खबर सार्वजनिक नगर्न ५० करोड युरो प्रस्ताव

एजेन्सी । पछिल्लो समय यौनसँग जोडिएका धेरै समाचार बाहिर आउने गरेका छन् । शारीरिक सम्बन्ध राख्ने क्रममा पक्राउ पर्ने गरेका घटना पनि धेरै छन् । नेपालमा पनि प्रहरीले विभिन्न होटलमा छापा मार्नेक्रममा रंगेहात पक्राउ पर्ने जोडीको नाम सार्वजिनक गर्ने गरेको छ । यसैक्रममा एक यस्ताे घटना सार्वजनिक भएको छ, जुन घटनाले सबैलाई आश्चर्यचकित बनाउँछ ।

घटना बेलायतको हो अनि पात्र कतारकी राजकुमारी । कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी छन् ।

लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको जनाएका छन् । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो ।

ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । बेलायती प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैर कानूनी कार्य भनेको छ । राजकुमारी शेखाले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।

राजकुमारीले पनि घटनाका बारेमा दिएको प्रतिक्रिया सञ्चारमाध्यममा आएको छ । उनले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी छिन् ।

राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाकी सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेको समाचारमा जनाइएको छ । घटनाबारे कतारले कुनै प्रतिक्रिया जनाएको छैन ।

Loading...