जब ९७ वर्षका पूर्व सैनिकले प्यारासुटबाट हाम फाले

एजेन्सी । ७५ वर्षअघि दोश्रो विश्वयुद्धअन्तर्गत पश्चिमी मोर्चामा नाजी जर्मन फौजविरुद्धको सैनिक कारवाहीका लागि सैनिकहरुले फ्रान्सको नरमेण्डीमा अवतरण गरेको सम्झनामा उक्त युद्धका अनुभवी बयोवृद्ध ९७ वर्षीय पूर्व सैनिकले प्यारासुटबाट हाम फालेका छन् ।

डी डे अर्थात् सन् १९४४ जुन ६ मा नरमेण्डीको तटमा साझेदार मुलुकका सैनिक अवतरण गर्दाका सम्झनामा नरमेण्डीको युद्धका अनुभवी बयोवृद्ध अमेरिकी पूर्वसैनिक टम राइसले नरमेण्डीको तटमा प्यारासुटमार्फत् हाम फालेका हुन् ।

उनले पछिल्लो अवतरण ‘उत्कृष्ट’ भएको राइसले जनाएका छन् । डि डेका दिन उनी अमेरिकी सेनाको १०१ औं एअरबोन डिभिजनमा थिए । डि डेका दिन उनले नाजी फौजको गोलीको परवाह नगरी हाम फालेका थिए । उनले त्यस दिन सम्झिदा पनि कहालीलाग्ने बताए ।

त्यसबाहेक नरमेण्डीकै युद्धका अनुभवी अन्य दुई बयोबृद्ध बेलायती पूर्वसैनिकले पनि प्यारासुटबाट हाम फालेका छन् । दुई बेलायत पूर्व सैनिकहरु ९५ वर्षे ह्यारी रेड तथा ९४ वर्षे जोन हटनले पनि नरमेण्डीको तटमा हाम फालेका छन् ।

दोश्रो विश्वयुद्धका क्रममा नाजी जर्मनीविरुद्ध साझेदार मुलुकका सेनाले सन् १९४४ जुन ६ का दिन नरमेण्डीको तटमा अवतरण गरेपछि दोश्रो विश्वयुद्धको मोड नै परिवर्तन भएको थियो ।

Loading...