अख्तियारका इन्स्पेक्टर १५ हजार घुससहित गिरफ्तार

काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक केशव बहादुर बस्नेतलाई १५ हजार घुस रकम सहित पक्राउ गरेको छ।

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय, रन्यौराका कार्यरत बस्नेतलाई अख्तियारको टोलीले बिहीबार साँझ घुस सहित पक्राउ गरेको हो।

बस्नेत सेवाग्राहीसँग सिसै नाकाबाट बालुवा गिट्टी ढुवानीमा सहज बनाउने भन्दै घुस लिँदा पक्राउ परेका हुन्। इन्सपेक्टर बस्नेत केही वर्ष पहिले अख्तियारमै काम गरेका अधिकृत हुन्।

Loading...