सोलुखुम्बु घटना रहस्यमय, सरकारले नक्कली भिडन्त गर्न खोजेको आशंका

सेनाको हेलिकोप्टर र चौकी कब्जा गर्न खोजिएको भनेर हल्ला फिजाइएको सोलुखुम्बुको महाकुलुङ ३ छेस्काम गाउँ

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । याे घटनालाइ रहस्यमय ठानिएकाे छ । 

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकीमा गएराति नेकपाका केही कार्यकर्ताले आक्रमण गर्न लागेकाे खबर फैलाइएकाे थियाे । तर, त्यहाँ कुनै केही घटना नभएकाे बताइन्छ ।

छेस्काममा ८ जनाको संख्यामा मात्र प्रहरी टोली रहेकाे छ । गाउँमा १५/१६ जनाकाे संख्यामा नयाँ मान्छे देखिएपछि उनीहरु सानाे संख्यामा रहेकाे प्रहरी चाैकी नै आक्रमण गर्न आएकाे हुनसक्ने भन्दै प्रहरीहरु सबै चाैकी छाेडेर भागेकाे बताइएकाे छ । प्रहरी टाेली गाउँमा छिरेका नयाँ मान्छे काे हुन भन्ने साेधखाेज नगरेर चाैकी नै छाेडेर भाग्नु पनि रहस्यमय छ । आइतबार राति चौकी छाडेर हिँडेका प्रहरी अधिकारीहरु विहान पुनः चौकीमा पुगेका थिए । प्रहरी चाैकीमा फर्किदा चाैकीमा केही भएकाे थिएन ।

छेस्काममा साँझपख नयाँ नयाँ मान्छे देखिएकाे र ती मान्छे  विप्लवका कार्यकर्ता हुनसक्ने र उनीहरुले चाैकी कब्जा गर्न सक्ने हल्ला फैलिएपछि सदरमुकाम सल्लेरीमा जिल्ला सुरक्षा समितिकाे बैठक पनि बसेकाे बताइएकाे छ । अनाैठाे त याे छ कि त्यसरी छेस्काम गाउँ पसेका भनिएका नयाँ मान्छेहरु विप्लवका कार्यकर्ता थिए कि थिएनन् भन्ने पनि अहिलेसम्म पुष्टि भएको छैन ।

हिजाे राति त्यस्ताे हल्ला चलाएर आज बिहान भने ठूलाे मात्रामा सुरक्षाकर्मी काठमाडाैं र विराटनगरबाट त्यस ठाउँमा हेलिकाेप्टरबाट ओसारिएकाे छ । यसलाइ धेरैले अनेक आशंका गरेका छन् । नेपाली सेनाकाे हेलिकाेप्टरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे विशेष टाेली साेलुखुम्बु पठाउनु अघि आजै गृहमन्त्रालयमा विशेष बैठक पनि बसेकाे बुझिएकाे छ । बैठकमा गृहमन्त्री, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख समेत सहभागी थिए । 

तर, प्रहरीले यति ठूलो संख्यामै सुरक्षाकर्मी किन परिचालन गर्नुपर्यो भन्ने केही बताएको छैन । यति ठूलो संख्यामा सुरक्षाकर्मी राजधानीबाट सोलुखुम्बु लगिनुलाई केहीले कतै ठूलो नक्कली भिडन्त गर्न खोजिएको वा मनोवैज्ञानिक त्रास उत्पन्न गर्न खोजिएको हुनसक्ने विश्लेषण पनि कतिपयले गरेका छन् । 

केही दिन अघि मात्र भाेजपुरकाे जंगलमा नक्कली भिडन्त देखाएर नेकपाका एक जना कार्यकर्ताकाे हत्या गरिएकाे थियाे । भाेजपुरकाे षडानन्दनगरपालिका वार्ड नं. २ मा पर्ने कुदाककाउलेको जंगलमा ठूलाे संख्यामा विप्लवका सेना जम्मा भएकाे र त्यहाँ सुरक्षाकर्मी पुग्दा भएकाे भिडन्तमा तिर्थराज घिमिरे नाम गरेका एक कार्यकर्ता घाइते भएकाे प्रहरीले दावी गरेकाे थियाे । तर, पछिल्लाे दिन उनकाे धरान अस्पतालमा निधन भएकाे थाहा भएकाे थियाे । प्रहरीले उक्त भिडन्तमा हतियार र गाेलीगठ्ठा समेत फेला पारेकाे दावी गरेकाे थियाे । तर, त्याे घटना कुनै भिडन्त थिएन र पक्राउ गरेपछि तिर्थ घिमिरेलाइ गाेली हानिएकाे थियाे भन्ने पछि बाहिर अाएकाे थियाे । 

त्यसघटना लगत्तै राजधानीका तीन ठाउँमा वम विष्फाेट भएका थिए । ती विष्फाेटका घटनामा ४ जनाकाे ज्यान गएकाे थियाे । त्यसलगत्तै साेलुखुम्बुमा यसखालकाे क्रियाकलाप देखिएपछि घटना रहस्यमय बनेकाे छ । याे घटनाबाट दुइवटा कुराकाे संकेत हुन्छ । पहिलाे गाउँमा सानाे सानाे संख्यामा रहेका प्रहरी चाैकीहरु निकै त्रासमा छन् भन्ने प्रष्ट देखियाे । दाेस्राे, कतै कहि विप्लवका कार्यकर्ता गाउँतिर हतियारसहित देखिएकाे हल्ला मात्र अाउने बित्तिकै ठूलाे फाेर्स परिचालन गरेर भए पनि दमन गर्ने मूडमा सरकार छ भन्ने खुलासा भयाे । 

 

Loading...