काठमाडौंमा एयर इन्डियाको जहाज दुर्घटनाबाट धन्न जोगियो

काठमाडौं, १९ जेठ । एयर इन्डियाकाे एउटा जहाज दुर्घटनाबाट जाेगिएकाे छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका लागि अाएकाे एयर इन्डियाको जहाज दुर्घटनाबाट धन्न जाेगिएकाे हाे ।

विमानले सही बाटाे चिन्न नसकेर त्रिअविमा अवतरण गर्न नसकेका कारण यस्ताे समस्यामा परेकाे हाे । अाइतबार बिहान ८ः५५को समयमा निकै धेरै काेशिस गरेर पनि ल्यान्ड गर्न आएको विमान बाटो पहिल्याउन नसकेर एकाएक अाेभर सुट गरेर फर्किएकाे थियाे । नयाँदिल्लीबाट आएको एयरबसको ए ३२०-२१४ सिरिजको जहाजले ओभरसुट गरेको हो ।

काठमाडाैं विमानस्थलबाट अाेभर सुट गरेर फर्किएकाे विमान निजगढकाे अाकाशमा पुगेर फेरि फर्किएर बल्ल अवतरण गर्न सफल भएकाे थियाे । त्रिअविका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमान मिस एप्राेच भएर अाेभर सुट गरिएकाे जानकारी दिए । उनले विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिने बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरु अाज एयर इन्डियाकाे विमान दुर्घटनाबाट धन्न जोगिएको बताउँछन् । उनीहरु अरु बेलाकाे भन्दा आइतबार विहान एयर इन्डियाकाे जहाजकाे ओभरसुट अासामन्य देखिएको बताउँछन् ।

उक्त जहाज पछि त्रिअविमा सफल अवतरण गरेर यात्रु लिएर पुनः दिल्ली नै फर्किएकाे छ ।

Loading...