सरकारको नेतृत्व परिवर्तन हुन्छ : बामदेव

प्युठान, १७ जेठ । केपी ओली नेतृत्वको सरकारप्रति नेकपा भित्रै असन्तुष्टी देखिएको छ । नेकपाका सचिवालय सदस्य वामेदव गौतमले प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व छोड्नुपर्ने बताएका छन ।

शुक्रबार प्रेस संगठन नेपालले प्युठानमा गरेको पत्रकार सम्मेलनमा नेता गौतमले पूर्व सहमतिअनुसार पार्टी र सरकार सञ्चालन हुनेपर्नेमा जोड दिए ।

” अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले पालैपालो सरकार चलाउने सहमति भएकोले त्यही अनुसार सरकारको नेतृत्व पनि परिवर्तन हुनुपर्छ ।” उनले भने ।

बुधवार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुबीच अढाई अढाई बर्ष प्रधानमन्त्री हुनेगरी लिखित सहमति भएको जिकिर गर्दै त्यो सहमति तोडिए नराम्रो हुने चेतावनी दिएसंगै नेकपाका प्रभावशाली नेता बामदेवको नेतृत्व परिवर्तन हुने कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Loading...