गर्मीका कारण घरको छतमा सुतेका डिसीको राति खसेर मृत्यु

दाङ । दाङमा एक जनाको घरको छतबाट खसेर मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ६ देउपुर सञ्चार टोल निवासी ३३ वर्षीय किशोर डिसीको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

अत्याधिक गर्मी भएका कारण डिसी घरको छतमा सुत्दै आएका थिए । बेलुका खाना खाएर छतमा सुत्न गएका डिसी बिहान छतबाट खसेको अवस्थामा फेला परेका थिए ।

आफन्तहरुले उपचारको लागि फलोरेन्स अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्कले मृत घोषणा गरेका हुन् ।

Loading...