इतिहासमै पहिलोपटक लोकसेवाले गर्यो ९ हजार १ सय ६१ पदपूर्तीका लागि विज्ञापन (विज्ञापनसहित)

काठमाडौँ, १७ जेठ । लोक सेवा आयोगले ६९ वर्षको लामो इतिहासमा यसपटक सर्वाधिक जनशक्ति मागको विज्ञापन गरेको छ । आयोगले सूचना प्रकाशित गर्दै एकैपटक ९ हजार १ सय ६१ पदका लागि विज्ञापन प्रकाशित गरेको हो ।

आयोगको इतिहासमा नै एकैपटक यति धेरै पदका लागि विज्ञापन भएको यो पहिलो पटक हो । आयोगले स्थानीय तहको लागि यति धेरै संख्यामा पदापूर्तीको लागि आवेदन आह्वान गरेको हाे ।

७५३ वटा स्थानीय तहमध्ये ५१५ स्थानीय तहबाट जनशक्ति माग भए पछि सो विज्ञापन गरिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५१५ स्थानीय तहको कूल १३ हजार ६४५ पदको माग गरे पनि आयोगले बाँकी पद बढुवाको लागि छुट्याउनु परेकोले ९ हजार १ सय ६१ पदका लागि मात्र विज्ञापन गरेको जानकारी प्राप्त भएको छ । माग त् अझ धेरै छ तर कानुन बमोजिम सबै खुला प्रतिस्पर्धा गर्न नमिल्ने भएकोले यो संख्या घटेर ९ हजार १ सय ६१ पदपूर्तीका लागि बिज्ञापन भएको लोकसेवा आयोगले जनायो ।

आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले एकै पटक धेरै सङ्ख्यामा विज्ञापन भएकाले यो बेरोजगार युवालाई ठुलो अवसर भएको बताए । उनले ३ देखि ४ लाख युवा परीक्षामा सहभागी हुने अन्दाजसहित आयोग तयारीमा जुटेको समेत जनाए ।

आयोगले निर्धारण गरेको विशेष कार्यतालिका बमोजिम आगामी साउन ३ गतेदेखि नै प्रथम चरणको लिखित परीक्षाको कार्यक्रम शुरु हुने छ । प्रथम चरणमा उत्तीर्ण हुने परीक्षार्थीले मात्रै दोस्रो चरणको लिखित परीक्षा, सीप परीक्षण र अन्तर्वार्तामा सहभागी हुन पाउने छन् । धेरै सङ्ख्यामा परीक्षार्थी हुने र परीक्षालाई व्यवस्थित गर्न यस्तो व्यवस्था गरिएको हो । पहिलो चरणमा ४० अङ्क प्राप्त गर्न नसक्ने परीक्षार्थीले दोस्रो चरणको परीक्षामा भाग लिन पाउँदैन ।

आयोगको कार्यालय रहेका १४ स्थान र थप सिराहा, पर्सा, डोल्पा र हुम्ला जिल्ला सदरमुकाममा समेत परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । आयोगबाट लिइने अरू परीक्षामा जस्तै अनलाइनबाटै दरखास्त दस्तुर बुझाउने तथा फाराम भर्न सक्ने व्यवस्था मिलाइएको अध्यक्ष मैनालीले जानकारी दिएका छन ।

आयोगले आगामी भदौदेखि कात्तिक मसान्तसम्ममा सम्पूर्ण तहका पदहरूका लागि सिफारिस गरिसक्ने छ आयोगका प्रवक्ता किरणराज शर्माले बताए ।

बिज्ञापन हेर्न तलको लिंकमा जानुहोस्

loksewa

http://www.psc.gov.np/assets/uploads/files/Advert_Detailed_76_2_151.pdf

Loading...