तिमीसँग भन्न बाँकी धेेेेरै बात छ जिन्दगीमा

नजिक हुन खोज्ने, सबै मित्र हुँदेैनन
मन परेका जति, दील भित्र हुँदैनन
जुका पनि टाँसिन्छ, आखिर रगत चुुुुस्न
अमृत छर्के पनि, स्वार्थी पवित्र हुँदैनन ।।

आज मलाई दैलेखको माटो याद आयो
उकाली र ओरालीको बाटो याद आयो
हाँस्दै खेेेल्दै रमाउने रावतकोटको डाँडा
खरको छानो खेेेेतबारीको पाटो याद आयो ।।

कहिले पूर्णे कहिले कालो रात छ जिन्दगीमा
कहिले साथ कहिले अन्तर्घात छ जिन्दगीमा
सुनी दिने कोही छैन गुम्सिएका छन रहरहरू
तिमीसँग भन्न बाँकी धेेेेरै बात छ जिन्दगीमा ।।

Loading...