राजधानीमा सिलिन्डर बिस्फोट हुँदा २ को मृत्यु

काठमाडौं, १२ जेठ । राजधानीमा छुट्टाछुट्टै स्थानमा सिलिन्डर बिस्फोट हुदा दुई जनाको ज्यान गएको छ । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोट हुदा सो हताहती भएको हो ।

दिउसोको समयमा कोठामा रहेको सिलिन्डर एक्कासी बिस्फोट भएको जनाइएको छ । दुबै स्थानमा एकएक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा परि ७ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन । घटना बारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

Loading...