ममता बनर्जीले लगाइन मोदीमाथि गम्भीर आरोप, भाजापाले समाज विभाजन गरेकोदेखि निर्वाचन आयोग पूरै भाजपा भएको आरोप

एजेन्सी । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले भारतमा माेदी सरकारले समाजलाइ नराम्ररी विभाजित गरेकाे बताएकी छन । देशमा केन्द्रीय सरकारले आपतकालको जस्तो स्थिति बनाएर चुनाव गराइएकाे र भाजपाले जितेकाे पनि उनले खुलासा गरेकी छन । काेलकत्तामा आयाेजना गरिएकाे एक पत्रकार सम्मेलनमा बाेल्दै बेनर्जीले यस्ताे कुरा बताएकी हुन् ।

भाजापा नेतृत्वकाे केन्द्र सरकारले गरेकाे त्यसखालकाे परिस्थितिबारे अाफूले धेरै पटक भारतीय निर्वाचन अायाेगले भनेकाे तर त्यसकाे कुनै सुनुवाइ नभएकाे पनि उनले बताएकी छन । उनले निर्वाचन आयाेग समेत पूर्ण रुपमा भाजपा बनिसकेकाे अाराेप पनि लगाएकी छन । भाजपाले भारतीय समाजलाई हिन्दु–मुस्लिममा विभाजित गरेको पनि उनले आराेप लगाएकी छन् ।

बेनर्जले आफू मुख्यमन्त्री भए पनि आफु निकै प्रताडित भएकाे पनि खुलासा गरेकी छन । उनले एक मुख्यमन्त्रीको रुपमा आफू निकै प्रताडित भएको महशुस गरेको बताइन्।

अखिल तृणमुल कांग्रेसकी अध्यक्ष समेत रहेकी ममता बेनर्जीले अब आफू मुख्यमन्त्री बन्न नचाहेकाे पनि बताएकी छन । सन् २०१४ काे निर्वाचनमा ३४ सिटमा जित हासिल गरेकाे उनकाे पार्टी यसपटककाे चुनावमा २२ सिटमा झरेकाे छ । पश्चिम बंगालमा यसपटक पार्टीकाे अवस्था कमजाेर भएपछि उनले यस्ताे बताएकी हुन् । यद्यपि यसपटक पनि पश्चिम बंगालमा उनकाे पार्टी त्रिणमूल कांग्रेसकै एकल सरकार बन्ने बहुमत छ । पश्चिम बंगालमा यसपटक त्रिणमूल कांग्रेसले २२ सिट, भाजपाले १८ सिट र अन्यले २ सिट जितेका छन् ।

कोलकत्ताकाे पत्रकार सम्मेलनमा बेनर्जीले भनिन्, ‘पार्टीको बैठक सुरु हुन वित्तिकै मैले पश्चिम बंगालको मुख्य मन्त्रीको रुपमा अब काम गर्न चाहन्न भनेँ’, उनले भनिन्,‘केन्द्रीय शक्ति हाम्रो विरुद्ध काम गरिरहेको छ। देशभर आपतकालको जस्तो स्थिति बनाइयो। समाजलाई हिन्दु–मुस्लिममा विभाजित गरिएको छ। हामीले नर्वाचन आयोगमा कैयौँ पटक गुनासाे गरेका छौँ तर त्यसकाे कुनै सुनुवाई भएन।’

Loading...