फेवातालबाट सशस्त्र प्रहरीले गर्यो १३ जनाको सकुशल उद्दार

पाेखरा, ११ जेठ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालबाट जेठ १० गते एपीएफ टोलीले १३ जनाको सकुशल उद्वार गरेको छ ।

सो तालमा दुई वटा डुङ्गामा बोटीङ गरिरहेका नेपाली र भारतीय नागरीक गरी १३ जना व्यक्तीहरु सवार डुङ्गामा हावाहुरी र बर्षाको कारण पानी पसेर डुङ्गा डुब्न लागेको अवस्थामा एपीएपm टोलीले उद्वार गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्वर २४ गणबाट फेवाताल रेस्क्यु टावरमा खटीएको सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र बिष्टको कमाण्डको एपीएपm टोलीले तत्कालै उनीहरुलाई उद्वार गरेको हो ।

Loading...