फेरि करोडौं नक्कली भारुसहित युनुस अन्सारी पक्राउ

काठमाडौं १० जेठ । व्यापारी युनुस अन्सारी फेरि पक्राउ परेका छन । अन्सारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले करोडौं नक्कली भारुसहित पक्राउ गरेको हाे। पाकिस्तान हुँदै चार वटा सुटकेशलमा ल्याएको नक्कली भारु विमानस्थल प्रहरीले बरामद गरेको हो।

पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट सो नक्कली भारु काठमाडौं आएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइरालाले जनाए। ‘भन्सार जाँच गर्ने क्रममा सुटकेशमा भारु नोट भेटिएको थियो। जाँचबुझ गर्दा ती नोटहरु नक्कली पाइयो’, उनले भने।

युनुस अन्सारीसहित ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउमध्ये तीन जना कतार एयरवेजको उडानबाट आएका पाकिस्तानी नागरिक हुन्। युनुस नक्कली भारूको ब्रिफकेश रिसिभ गर्न गएका थिए। पक्राउ पर्नेमा पाकिस्तानी नागरिक नासिर उदिन, नादिया अनवर र मुहम्मद अख्तर हुन्।

उनी यसअघि पनि पटक-पटक नक्कली भारु र लागू पदार्थ कारोबारमा दोषी ठहर भइ सजाय पाएका व्यक्ति हुन्। केही समयअघि मात्र जेलबाट छुट्नासाथ उनी पाकिस्तान पुगेका थिए। उनी पूर्वमन्त्री सलीम मियाँ अन्सारीका पुत्र हुन्।

केन्द्रीय कारागारमा रहँदा उनलाइ भारतीय अपराधिक समूहले गोली हानी हत्या गर्न खोजेको थियो। केही समय उनले नेशनल टेलिभिजन नामक टिभी च्यानल सञ्चालन गरेका थिए।

Loading...