गाउँपालिका उपाध्यक्षले प्रशासकीय अधिकृत कुटपिट गर्दै लुगाहरु नै च्यातिन

नुवाकोट । नुवाकोटको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आफ्नै उपाध्यक्षबाट कुटिएका छन् । तार्केश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाल गाउँपालिका उपाध्यक्ष तारादेवी रिमालबाट कुटिएका हुन् ।

उनले आफूले भनेका योजनाको लागि कार्यकारी अधिकृतले बजेट नदिएको भन्दै कार्यकक्षमै हातपात गरेको थाहा भएको छ । उपाध्यक्ष रिमालले आफूले भनेको ठाउँका योजनाको लागि बजेट दिन नमानेको भन्दै बिहीबार अपरान्ह ४ बजेतिर प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यकक्षमा पुगेर कुर्सीमा बसेका कठालो समातेर हातपात गरेकी हुन् । उपाध्यक्ष रिमालले प्रशासकीय अधिकृत दाहालको कठालो समातेर लछार–पछार गर्दै सर्ट नै च्यातिदिएकी छिन् ।

स्रोतका अनुसार गाउँपालिकाकाका अध्यक्ष र उपाध्यक्षबीचको अन्तरविरोधमा प्रशासकीय अधिकृत परेका हुन् । यसअघि गाँउपालिका मार्फत तर्जुमा भएका योजनाको सीमा बाहिर गएर ४ वटा योजनामा ६ लाख रुपैयाँ दिन ठाडो आदेशमा दिएका भन्दै उपाध्यक्षले नजिर राखेकी थिइन । अध्यक्षले ठाडो आदेशले दिएको योजनामा पैसा छुट्याउने तर आफ्नो योजनामा भने वजेट नछुट्याएको थाहा पाएपछि उनी रिसाएको बुझिएको छ ।

प्रशासकीय अधिकृत दाहालले उपाध्यक्षले गाँउपालिकाको अध्यक्ष रमेशबहादुर वस्तीले भनेको ठाँउमा दिने, मैले भनेको ठाँउमा नदिने भन्दै सिधै कार्यकक्षमा आएर हातपात हातपातमा उत्रिएको जानकारी दिए । उपाध्यक्ष रिमालले यसअघि पनि गाँउपालिकाको अध्यक्षले भनेको स्थानमा मात्र योजना दिने गरेको र आफूले भनेको नमानेको भन्दै थर्काउने गरेको अधिकृत दाहालले बताए ।

प्रशासकीय अधिकृत दाहालले आफ्नो कपडा नै च्यातिने गरेर हातपात गरेकोले न्याय लागि प्रहरी र प्रशासनमा उजुरी दिने बताएका छन् ।

तार्केश्वर गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएको भए पनि उनीहरुबीच राम्रो सहकार्य नरहेको प्रशासकीय अधिकृतले बताए । जसको मारमा आफू परेको उनको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत दाहाल नुवाकोटको साविक दुईपिपल हाल बेलकोटगढी नगरपालिका–६ का बासिन्दा हुन् । आफ्नै जिल्लावासी कर्मचारीलाई दुव्र्यवहार गरेर कुटपिट गरेपछि गाँउपालिकामा कार्यरत अन्य कर्मचारी समेत अहिले त्रसित भएका छन् ।

Loading...