एनआरएनए अमेरिकाको अध्यक्षमा शाह विजयी

टेक्सास अमेरिका । एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन् । मे १९ मा सम्पन्न एनअारएनएकाे निर्वाचनबाट शाहले निकटतम प्रतिद्वन्द्वी सुर्य लम्साललाइ पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । शाह यसअघि एनअारएनए अमेरिकाकाे बरिष्ठ उपाध्यक्ष थिए ।

शाहले अाफ्ना निकटतम प्रतिद्वन्दी लम्सालभन्दा दोब्बर बढी मत प्राप्त गरेका छन् । शाहले ३७११ मत प्राप्त गरे भने लम्सालले १७९७ मत प्राप्त गरेका छन्। अध्यक्ष पदका अर्का प्रत्यासी संजय थापालेे १५५४ मत प्राप्त गरे ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा डा. अर्जुन बन्जाडे निर्वाचित भएका छन् । डा. बन्जाडेले २९४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी अमृत सापकोटाले २६१६ मत प्राप्त गरेका छन्। बरिष्ठ उपाध्यक्षमा तेस्रा भएका नारायण कंडेलले १११२ मत प्राप्त गरे ।

एनआरएनए अमेरिकाकाे निर्वाचनका लागि गठित निर्वाचन समितिका अनुसार क्षेत्रीय उपाध्यक्ष पदमा मिडवेस्ट क्षेत्रबाट ३५०२ मत प्राप्त गरी बुद्धीसागर सुवेदी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी बाला घिमिरेले ३२२० मत प्राप्त गरेका छन । त्यस्तै नर्थईस्ट क्षेत्रबाट ३५१९ मत प्राप्त गरी निवर्तमान महासचिव बि आर लामा बाबुराम निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी महेश मल्लले ३०९७ मत प्राप्त गरेका छन् । त्यस्तै वेष्ट क्षेत्रबाट उपाध्यक्ष पदमा कृष्णजिवी पन्थ सबैभन्दा बढी ४६३९ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी थालाराज पन्तले २०३० मत प्राप्त गरेका छन । वेष्ट क्षेत्रको उपाध्यक्ष पदमा सर्वज्ञ वाग्ले ३७८७ मत प्राप्त गरी निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्दी रामबाबु पाण्डेले २८२७ मत प्राप्त गरेका छन् ।

एनआरएनए अमेरीकाको महासचिव पदमा पशुपती पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ३०४२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी गोपेन्द्र भट्टराईले २१६६ मत प्राप्त गरे । त्यसैगरी सचिव पदमा अमृत कट्टेलले ३३३५ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्वन्दी भानुभक्त खरेलले ३२६२ मत प्राप्त गरे।

क्यालिफोर्नियाका नेत्रप्रसाद पोखरेल ‘बन्धु’ कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। पोखरेलका निकटतम प्रतिद्वन्दी रविन बज्राचार्यले २३३८ मत प्राप्त गरेका छन् । सह-कोषाध्यक्ष पदमा सन्तोषकुमार बिष्टले ३८६५ मत प्राप्त गरी निर्वाचित भएका छन्। ज्ञानल थापा २६०१ मतका साथ निकटतम प्रतिद्वन्दी बनेका छन्।

त्यसैगरी महिला संयोजक पदमा ३९४५ मत प्राप्त गरी पत्रकार दिक्षा बस्नेत निर्वाचित भएकी छन्। युवा संयोजक पदमा बिनोद रुवालीले ३५५० मत प्राप्त गरी बिजय हासिल गरेका छन ।

एनअारएनएकाे आईसीसी सदस्य पदमा शंकर खड्का (२९९८), त्रिष्णा शर्मा (३९७५), जेदुनाथ पोखरेल (३९८९), शिवराज पौडेल (३२५५), होमनाथ गौतम (३२९८) र स्वराज खाती (४२४७) मत प्राप्त गरी निर्वाचित भएका छन् ।

त्यसैगरी बोर्ड सदस्य पदमा सत्यनारायन चौधरी (२१५५), चित्रा कार्की (२०५९), धरम विश्वकर्मा (१८७०), दुर्गाप्रसाद श्रेष्ठ (२१३९), छत्रकुमारी गुरुङ (२३६५), खिमबिक्रम भट्टराई (२०२३), अमरबहादुर छन्त्याल (१८७६), चेतप्रसाद पौडेल (२१०७), जीवनकुमार जोशी (२०२६), पदमबहादुर ठकुराठी (२२४६), वासुदेव घिमिरे (२१२१) र तिलकबहादुर केसी (१८१८) मत प्राप्त गरी बिजयी बनेका छन ।

Loading...