भारतमा चौकिदारको चमत्कार, ४८ वर्षपछि एकै दलको पूर्ण बहुमत, प्रतिपक्षीको मान्यता समेत नपाउने गरी झर्यो कांग्रेस

नयाँ दिल्ली । भारतीय लाेकसभाकाे निर्वाचनमा चाैकिदार शब्‍द निकै चर्चित बन्याे । अन्तत: निर्वाचनकाे परिणाममा त्यही चाैकिदारकाे चमत्कार देखिएकाे छ । चाैकिदार नरेन्द्र माेदीकाे नेतृत्वमा निर्वाचनमा उत्रेकाे भारतीय जनता पार्टीले ४८ वर्षपछि भारतमा २ पटक एकै पार्टीकाे एकल बहुमत हासिल गरेकाे छ । भारतमा ४८ वर्षअघि सन् १९७१ मा इन्दिरा गान्धीकाे नेतृत्वमा कांग्रेसले २ पटक एकल बहुमत प्राप्त गरेकाे थियाे । त्यसयता कुनै पनि पार्टीले एक्लै बहुमत प्राप्त गर्न सकेकाे थिएन ।

लाेक सभाका जम्मा ५४२ सिट मध्ये भारतीय जनता पार्टीले एक्लै २९९ सिटमा जित हासिल गरिसकेकाे छ । अझै भाजापाले ४ वटा सिटमा अग्रता लिइरहेकाे छ । भारतीय सञ्चार माध्यमले यसलाइ माेदीकाे प्रचण्ड जित भनेका छन् । यस चुनावमा भाजपाकाे प्रतिद्वन्द्वी भारतीय नेशनल कांग्रेसले ५२ सिटमा मात्र जित हासिल गरेकाे छ ।

राेचक कुरा त याे छ कि कांग्रेस यसपटक पनि प्रमुख प्रतिपक्षी दलकाे मान्यता समेत नपाउने सम्भावना देखिएकाे छ । भारतीय संविधान अनुसार प्रमुख प्रतिपक्षी बन्न लाेकसभाका कूल सिट संख्याकाे १० प्रतिशत सिटमा जित हासिल गर्नुपर्छ । त्यसका लागि कांग्रेसले ५४२ सिटमा ५५ सिट हासिल गर्नुपर्छ । तर कांग्रेसले यसपटक पनि कांग्रेस त्याे न्यूनतम सीमामा पनि पुग्न सकेन ।

अनाैठाे त याे भयाे कि कांग्रेस अध्यक्ष राहुल गान्धी समेत याे निर्वाचनमा एक क्षेत्रमा पराजित भए । उनी यस्ताे क्षेत्रबाट पराजित भए जुन क्षेत्रमा कांग्रेस आजसम्म पराजित भएकाे थिएन । राहुलका जिजुबाजे जवाहरलाल नेहरुका पालादेखि कांग्रेसले जित्दै आएको उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा कांग्रेस अध्यक्ष राहुल भाजपाकी स्मृति इरानीबाट पराजित भए ।

निर्वाचनकाे सम्मुखमै अाएर भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सामाजिक सञ्जाल ट्वीटरमा अाफ्नाे नामका अगाडि चाैकिदार लेखेर । उनकै सिकाे गरे भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा गृहमन्त्री राजनाथ सिंह लगायतका नेता कार्यकर्ता तथा समर्थकहरुले पनि । विपक्षीले चाैकीदार नै चाेर रहेकाे भन्दै सुरुमा याे शब्दमाथि निकै प्रहार पनि गरे । तर, अन्तत: विपक्षीकाे अालाेचना भारतीय जनताले गलत सावित गरेका छन् । माेदीलाइ सन् २०१४ काे भन्दा ठूलाे बहुमत दिएर दाेस्राे कार्यकालका लागि प्रधानमन्त्री हुने बाटाे खाेलिदिएका छन् । यद्यपि माेदीले मतगणना सुरु हुन लागेर पार्टीकाे लहरमा मत गज्जपकाे देखिने बित्तिकै ट्वीटरबाट नामका अगाडि राखेकाे चाैकीदार शब्द हटाएका छन् । 

करिब डेढ महिना लगाएर सात चरणमा सम्पन्न लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले आवश्यकभन्दा ३२ सीट बढी जित्ने देखिएकाे छ ।

Loading...