पहिचान पनि भेटिने र द्वन्द पनि मेटिने भन्दै प्रदेश नम्बर ३ को नाम प्रस्ताव

मकवानपुर, ९ जेठ । प्रदेश नम्बर ३ को नाम ‘नेवाः तामसालिङ्’ राख्न माग गरिएको छ । प्रदेश सभा सदस्यहरुले लिखित प्रस्ताव पेश गर्दै यस्तो माग गरेका हुन् । पहिचान पनि भेटिने र द्वन्द पनि मेटिने भन्दै नाम प्रस्ताव गरिएको हो ।

विहीवार प्रदेश सभाका सदस्यहरु ओम बहादुर घलान र प्रतिमा श्रेष्ठले प्रदेश सभामुख समक्ष नामका सम्बन्धमा प्रस्ताव पेश गरेको जानकारी प्राप्त भएको छ । तत्कालिन माओबादी केन्द्रबाट समानुपातिक सांसद घलान तामाङ् समुदायको प्रतिनिधित्व गर्छन भने श्रेष्ठ नेवार हुन् । उनीहरुको प्रस्तावमा रत्न प्रसाद ढकाल र सीता अधिकारीको समर्थन रहेको छ ।

प्रस्तावमा राज्यको पुनर्संरचनामा पहिचान र सामर्थ्यलाई आधार मान्ने सहमतिको स्मरण गर्दै प्रदेश नम्बर ३ को नाम ‘नेवाः तामसालिङ्’ राख्न प्रस्ताव गरिएको बताइएको छ । छिमेकी राष्ट्र भारत र चीन लगायत अन्तराष्ट्रिय अभ्यासलाई नजिर मान्दै र यस प्रदेशका बाहुल्य एवं एतिहासिक सास्कृतिक समुदायको मागको रुपमा नाम प्रस्ताव गरिएको जिकिर गरिएको छ ।

हेर्नुस् प्रस्ताव

 

 

Loading...