महिलामाथि मध्यरात धारिलो हतियार प्रहार गरी गम्भीर घाइते

विर्तामोड । मेचीनगर नगरपालिका १० धुलाबारीमा बुधबार राति एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ।

मध्यरातमा आफ्नै घरभित्र धारिलो हतियार प्रहार भएका कारण ४१ वर्षीया आरती चौहान गम्भीर घाइते भएकी छिन्। उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

हतियार प्रहार गर्नेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापाले बताए।

Loading...