नेमकिपाका आलोचक दिवाकरद्वारा भक्तपुर नगर प्रमुख प्रजापतिको प्रशंशा

भक्तपुर, १८ जेष्ठ । नेपाल मजदुर किसान पार्टीको कट्टर आलोचक मानिने नेकपाका नेता देवेन्द्र श्रेष्ठ दिवाकरले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको भने प्रशंशा गरेका छन । नेमकिपाका प्रभावशाली नेता समेत रहेका प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक रानीपोखरीलाई नेपाली सेनाको कब्जाबाट छुटाउन पहल गरेपछि दिवाकरले खुलेर प्रशंशा गरेका हुन् ।

भक्तपुरका स्थानीय नेता दिवाकरले पहिलो संबिधान सभाको निर्वाचनमा नेमकिपा अध्यक्ष नारायण मान बिजुक्छे रोहितलाई जीतको लागि कडा चुनौती दिएका थिए । प्रखर बक्ता समेत रहेका उनी नेमकिपाको आलोचना गर्ने नेतामध्य अग्र पग्तिमा पर्छन । तर, यसपटक भने उनले सार्वजनिक रुपमै नेमकिपा नेता एवम भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको प्रशंशा गरेका छन ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा-१ सल्लाघारीस्थित रानीपोखरी जीर्णोद्धार गरी सर्वसाधारण जनताको लागि खुल्ला गर्ने र सिद्धपोखरी उत्तरतर्फको खेल मैदान खुल्ला गर्ने विषयमा मिति २०७५ चैत्र १८ गते नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गरेपछि नेता दिवाकरले मेयर प्रजापतिलाई बधाई नै दिए । उनले सामाजिक संजालमार्फत मेयर प्रजापतिलाई बधाई दिएका हुन् ।

भक्तपुरको रानी पोखरी काठमाडौंको रानीपोखरीभन्दा पनि ४० वर्ष पुरानो भएको मानिन्छ । शिलालेखअनुसार नेपाल संवत् ७५० (वि.सं. १६८७) मा भक्तपुरका मल्ल राजा जगज्योति मल्लले उक्त पोखरी बनाउन लगाएका थिए । काठमाडौंको रानी पोखरी भने प्रताप मल्लले नेपाल संवत् ७९० (वि.सं. १७२७) मा बनाउन लगाएका थिए । प्रताप मल्लले नेपाल संवत् ७८३ मा भक्तपुर आक्रमण गर्दा यस पोखरी र त्यहाँ रहेका सम्पदाहरुलाई क्षति पु¥याएको इतिहासमा उल्लेख छ । यहीं पोखरीबाट लोभिएर प्रताप मल्लले काठमाडांैमा रानीपोखरी बनाउन लगाएको बताइन्छ ।

ऐतिहासिक भएतापनि यो पोखरी अहिले सार्वासाधारणको पहुँचमा नभई नेपाली सेनाको इलाका भित्र परेपछि झारपातले भरिएको खाल्डोमा पणीणत भएको देख्न सकिन्छ ।

मेयर प्रजापतिको अथक प्रयासपछि नेपाली सेना रानीपोखरी जिर्णाेद्धार गर्न र त्यसको यथोचित रेखदेखका साथै सर्वसाधारणका लागि समेत सहज प्रवेशको लागि खुला गर्न तयार भएको जानकारी प्राप्त भएको छ ।

Loading...