मेस्सीको कप्तानीका अर्जेन्टिनाले गर्यो राष्ट्रिय टिम घोषणा

काठमाडाैं । कोपा अमेरिका फुटबलका लागि अर्जेन्टिनाले राष्ट्रिय टीमकाे घाेषणा गरेकाे छ । अागामी जुन १४ देखि जुलाई ७ सम्म ब्राजिल हुने काेपा अमेरिका फुटबल प्रतियाेगिताका लागि अर्जेन्टिनाले टाेलीकाे घाेषणा गरेकाे हाे ।

अर्जेन्टी टिमका प्रशिक्षक स्कोलानी छन् । उनले मेसीकाे कप्तानीमा कोपा अमेरिकाका लागि अर्जेन्टिनाकाे २३ सदस्यीय टोली रहने बताएका छन् । टोलीमा म्यानचेस्टर सिटीका सर्जियो अग्युरो पनि रहेका छन् । उनी सन् २०१८ को विश्वकपपछि पहिलो पटक राष्ट्रिय टोलीमा आएका हुन् । त्यस्तै युभेन्टसका स्टार खेलाडी पाउलो डिबाला पनि टिममा छन् । यसपटक स्ट्राइकर माउरो आइकार्डी भने टिममा अटाएका छैनन् ।

विश्वकपपछि ९ महिनासम्म राष्ट्रिय टोलीबाट बाहिर रहेका मेस्सी गएको मार्चमा राष्ट्रिय टिममा फर्किएका थिए । भेनेजुएलासँगको खेलमा अर्जेन्टिना ३–१ ले पराजित भएको थियो ।

कोपा अमेरिकामा दक्षिण अमेरिकाका १२ देशको सहभागिता रहने छ । यो पटक अर्जेन्टिनासँगै ब्राजिल, बोलिभिया, भेनेजुएला, पेरु, कोलम्बिया, पाराग्वे, कतार, उरुग्वे, इक्वेडर, चिली र जापानले प्रतिस्पर्धा गर्दैछन् ।

यसपटकको प्रतियोगितामा कतार र जापान आमन्त्रित टोली हुन् । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना यसअघिका दुई कोपा अमेरिकामा फाइनलमा चिलीसँग पराजित भएको थियो ।

यस्ताे छ अर्जेन्टिनी टाेली

गोलरक्षकः फ्रान्को अर्मानी, अगस्टिन मार्केसिन र स्तेबान एन्ड्राड

डिफेन्डरः आन फोयथ, निकोलास ओटामेन्डी, जर्मन पेजेल्ला, निकोलास ताग्लिएफिको, रामिरो फुनेस मुरी, रेन्जो साराविए, मार्कस एकुना र मिल्टन कास्को

मिडफिल्डरः लिनड्रो पारिडेस, गुइडो रोड्रिग्वेज, जिओभानी लो केल्सो, एक्सक्युएल लालाकिओस, रोबर्तो परेयरा, राड्रिगो डी पउल र एन्जल डी मारिया

फरवार्डः लियोनल मेस्सी, सर्जियो अग्युरो, लौतारो मार्तिनेज, पाउलो डिबाला र मातिएस सुवारेज

Loading...