पत्रकार महासंघको आन्दोलनलाई विप्लवको समर्थन

काठमाडौ, ८ जेठ । सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका विरुद्ध आन्दोलनमा उत्रेको नेपाल पत्रकार महासंघको आन्दोलनलाई नेत्रविक्रम चन्द विप्लवले समर्थन जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा पत्रकारहरुले सुरु गरेको आन्दोलनलाई आफ्नो पार्टीको समर्थन रहेको घोषणा गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, “स्वतन्त्र पत्रकारितामाथि सरकारको ठाडो नियन्त्रणमा राख्नेगरी ल्याइएको विधेयक पूर्ण खारेजीको माग गर्नुका साथै उक्त विधेयकका विरुद्ध राजनैतिक पार्टीहरु पत्रकार महासंघ सहितले गरेको आन्दोलनप्रति पूर्ण समर्थन गर्दै ऐक्यबद्धता व्यक्त गर्दछ ।”

विप्लवले मिडिया काउन्सील विधेयक खारेजीको माग गर्दै यसका विरुद्ध आन्दोलनमा उत्रन सबै सरोकारवालाहरुलाई पनि आग्रह गरेका छन् । ओली सरकारले नेपाली मिडियालाई ठाडो हस्तक्षेप र नियन्त्रण गर्न खोजेको बताउँदै ओली सरकारले ‘जनताको रगत र पसिनाद्वारा प्राप्त अधिकारहरु एकपछि अर्को गर्दै हडप्दै गएको” विज्ञप्तिमा बताइएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

Loading...