अरुणाञ्चल एम्बुस विस्फोटमा परी विधायकसहित ११ जनाको मृत्यु

काठमाडौं, ८ जेठ । भारतको अरुणाञ्चल प्रदेशमा विद्राेहीहरुकाे आक्रमणमा परी एक जना विधायकसहित ११ जनाको मृत्यु भएको छ।

अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा मंगलबार भएको एम्बुस आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपीपी) का विधायक तिरोङ अबोसहित ११ जनाको ज्यान गएको भारतीय पत्रिका द हिन्दु दैनिकले जनाएको छ।

तिरोङ अबो मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन्। विधायक तिरोङ परिवारसहित असमबाट अरुणाञ्चल जाँदै गरेको बेला आक्रमणमा परि उनका छोराको पनि ज्यान गएको छ।

खोनसा–देओमाली सडकमा भएको विस्फोटमा दुईजना सुरक्षाकर्मीको पनि ज्यान गएको छ। बुधबार बिहानसम्म आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।

Loading...