अर्घाखाँचीमा बस दुर्घटना, २५ घाइते ८ को अवस्था गम्भीर

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा मंगलबार साँझ बस दुर्घटना हुँदा २५ जना घाईते भएका छन् । घाईतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङगे सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो ।

घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ । बस पुलमाथि आउँदा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भए पनि बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका छन् । पुल करिब सितखोलाबाट ४ सय मिटर अग्लो पडाडको खोचमा छ ।

चालक सिपालु र चनाखो भएर मात्र बाँच्न सकियो नत्र सिधै खोलामा बस खसेर सदाको लागि संसारबाट बिदा हुने घाईते रूपन्देही बुटवल उपमहानगर पालिका १३ का कृष्णबहादुर थापाले बताए । बुटवल मोतिपुरबाट सुपादेउराली दर्शनका लागि गएको थियो ।

घाईते हुनेहरूमा रूपन्देही बुटवल उपमहानगर पालिका १९ का १९ बर्षिय अम्रिता थारू, सोही ठाँउका १२ वर्षीय साझा थारू, २० वर्षीय सिल्फा थारू, ६० वर्षीय जनम तुलारी, रूपन्देही मोतिपुर १९ का ८ वर्षीय अजय थारू, रूपन्देही सैनामैना ९ का २२ वर्षीय प्रदिप कुँवर, रूपन्देही मोतिपुर १७ का ३८ बर्षिय ताराप्रसाद थारू, ३० वर्षीय मन्जु थारू र बुटवल उपमहानगर पालिका १३ का ३१ बर्षिय कृष्णबहादुर थापालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवा पठाइएको छ ।

Loading...