प्रहरीले गोली हानेर विप्लवका कार्यकर्ताको हत्या

काठमाडौं । प्रहरीले गोली हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका कार्यकर्ता  तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ ।

मंगलबार भाेजपुरको टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ बाट गिरफ्तार गरिएका घिमिरेकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । घिमिरेलाइ उनकाे घरबाटै गिरफ्तार गरी  हत्कडी लगाएकाे र त्यसपछि प्रहरीले गोली हानेको नेकपा भोजपुरले जनाएकाे छ । नेकपाका भाेजपुरका सेक्रेटरी ज्वाला सिंहले घिमिरेकाे तिघ्रामा गोली हानिएकाे र गिरफ्तार गरी लगिएकाे मंगलबार जानकारी दिएका थिए । प्रहरीकाे गाेली लागेर घाइते भएका घिमिरेको मंगलबार मध्यराति राति २ बजे धरानमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएकाे छ ।

षडानन्द नगरपालिका २ स्थित कुदाकाउलेका स्थानीयवासी रहेका घिमिरे १५ दिन अघि मात्रै नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भएकाे बुझिएकाे छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका कार्यकर्यताले पहिला आफूहरुमाथि नै गोली चलाएकाले जवाफी फायरिङ गर्दा उनको खुट्टामा गोली लागेको बताएका थिए ।

नेकपा भोजपुरका सेक्रेटरी ज्वालाले घिमिरेलाइ प्रहरीले घरमै गाेली प्रहार गरेर लगि हत्या गरेकाे बताएका छन् । उनले भने- ‘तीर्थराज घिमिरेलाइ प्रहरीले घरबाटै गिरफ्तार गरेर गाेली हानेकाे हाे । हिजो मात्र उहाँ भेटघाटका लागि घर जानु भएको थियो । प्रहरीले गोली चलाएर उहाँको हत्या गरेको छ । हामी सरकारको यस्तो दमनकारी र हिंसात्मक रबैयाको घोर बिरोध र भ्रत्सर्ना गर्दछौं ।’

यता प्रहरीले भने घाेत्लेखानी जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा नेकपाका कार्यकर्ता बसेर गतिबिधि बढाइरहेको सूचनाको आधारमा गस्ती गरेको र साे क्रममा उनलाइ गाेली लागेकाे दावी गरेको छ। 

प्रहरीको उक्त दाबीलाई नेकपाले ठाडै अस्वीकार गरेको छ । नेकपाका भाेजपुर सेक्रेटरी ज्वालाले पार्टीमा भर्खर लागेका नयाँ र निशस्त्र कार्यकर्तालाई समातेर हत्कडी लगाएपछि गोली हान्ने अनि उल्टै झुटा विवरण पेश गर्ने यो तरिका पुरानै जनयुद्धकालीन शैली भएकाे बताए । उनले याे सरकारकाे नागरिककाे हत्या गर्ने बहाना मात्र भएकाे बताए । 

Loading...