२३७६ किलोमिटर फाइबर बिच्छ्याउने काम सुरु

काठमाडौ । अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात सोमबार हुँदैछ । सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीनठाउँबाट एकैपटक फाइबर बिच्छ्याउन लागेको हो ।

डिजीटल नेपाल बनाउने अभियान अन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे यसको सुरुवात गर्दै छन् । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात हुने टेलिकमले जनाएको छ ।

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिच्छ्याउनेछ । यसरी बिच्छ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म पुग्ने टेलिकमले जनाएको छ ।

Loading...