ला लिगामा सर्वाधिक गोल गरेर मेसीले पाए छैटौं पटक पीचीची अर्वाड

काठमाडौं, ६ जेठ । लियाेनल मेसीले स्पेनिस ला लिगामा सबैभन्दा बढी गाेल गरेर पीचीची अवार्ड जितेका छन् । अाफ्नाे क्लब बार्सिलाेनालाइ लिग च्याम्पियन समेत बनाएका बार्साका कप्तान मेसीले याे सिजन ला लिगामा ३६ गाेल गरेर सबैभन्दा उच्च गाेलकर्ता बनेका हुन् ।

मेसीले आइतबार राति पनि २ गाेल गरे । ला लिगाकाे अन्तिम खेलमा बार्सिलाेना र इबरकाबीच प्रतिस्पर्धा भएकाे थियाे । उक्त खेल २-२ गोलको बराबरी खेलेको टुङ्गिएकाे थियाे । जसमा बार्साका लागि मेसीले नै २ गाेल गरेका हुन् । मेसीले यो सिजन ला लिगामा ३६ गोल गर्नुका साथै अन्य प्रतियाेगितामा समेत गरेर क्लबकाल लागि ५० गोल गरेका छन् ।

मेसीले पीचीची अवार्ड छैटौ पटक हात पारेका हुन । उनले आफ्नै क्लबका लुइस स्वारेज र रियल मडि्रडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेर याे अवार्ड हात पारेका हुन् । उनले याे सिजन १३ गाेलका लागि एसिष्ट समेत गरेका थिए ।

ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा बार्साकै स्ट्राइकर लुइज स्वारेज भएका छन । उनले याे सिजन ला लिगामा २१ गोल गरेका छन् । त्यसैगरी तेस्रो स्थानमा रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जिमा रहेका छन । उनले पनि २१ नै गोल गरेका छन् ।

Loading...