कडा सुरक्षाबीच विद्यालय भवनको शिलान्यास

रौतहट, ६ जेठ । रौतहटमा एक स्कूल भवन कडा सुरक्षाबीच शिलान्यास भएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमले आफ्नै गाउँको स्कूल भवन शिलान्यास गर्दा ब्यापक प्रहरी परिचालन गर्नु परेको हो ।

आइतवार प्रहरीको घेरामा उनले आफ्नै गाउँमा रहेको जनता माध्यमिक विद्यालयको भवन शिलान्यास गरेका हुन् ।

स्थानीय वडा नम्बर ५ मा रहेको उक्त विद्यालयको नमूना विद्यालयको विकास गुरुयोजना अन्तर्गत निर्माण हुने ८ कोठे भवनको सांसद आलमले कडा सुरक्षाको बीचमा शिलान्यास गरे । पहिलो पटक स्थगित भएको शिलान्यास कार्यक्रम दोस्रो पटक सुरक्षाकर्मी परिचालन गरी सम्पन्न गरिएको छ ।

समाजवादी पार्टीका नेता किरण साहको नेतृत्वमा स्थानीयहरुले अवरोध गरेपछि आक्रोसित सांसद आलमले प्रहरीको घेरामा आफ्नै गाउमा रहेको विद्यालय भवन शिलान्यास गरेका हुन् ।

Loading...