बैतडीमा जीप दुर्घटनामा हुँदा तीनको मृत्यु, तीन घाइते

कैलाली, ५ जेठ । बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–११ मा आइतबार दिउँसो भएकाे जीप दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

बैतडीकै देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा दशरथचन्द नगरपालिका १० का ४०–४५ वर्षका हिरा बल्लभ भट्ट र ६०–६५ वर्षकी नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नेत्रमणि गिरीले जानकारी दिए । मृत्यु भएका अर्का एकजना पुरुषको सनाखत भइनसकेको उनले बताए ।

घाइते रहेका चालकसहित तीनजनालाई जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले जानकारी दिए ।

Loading...