लडाकु विमान घरभित्र घुस्यो तर पाइलट निस्किए सकुशल

एजेन्सी । दक्षिणी क्यालिफोर्नियाको मार्च एयर रिजर्भ बेसमा आफ्नो नियमित अभ्यासका लागि निक्लिएको एफ–१६ लडाकु विमान एक भवनमा ठोकिएर दुर्घटनाग्रस्त भएको छ । यद्यपि यो दुर्घटनामा पाइलट सुरक्षित रुपमा बाहिर निक्लिएको र उनलाई कुनै चोटपटक नलागेको बेसका प्रवक्ताले बताएका छन् ।

विमान दुर्घटना भएपछि थोरै आगो लागेको दुर्घटनाका तस्बिर स्थानिय टिभीमा देखाइने बेसका अग्नी अधिकारीलाई उद्र्धृत गर्दै लस एन्जलस टाइम्सले जनाएको छ । यो दुर्घटनाबाट एउटा खैरो रङको भवनमा प्वाल परेको छ ।

विमान दिउसो साढे तीन बजे दुर्घटनाग्रस्त भएको थियो । बेसका प्रवक्ता मेजर प्यारी कोभिङटनले बेस धावनमार्गको अन्त्यमा रहेको एक गोदाममा विमान ठोकिएको बताए । उनले भने,“पाइलट विमानबाट हाम्फाले र उनी ठिक छन् । उनलाई हालसम्म कुनै चोटपटक लागेको छैन ।”

घटनाको समयमा गोदाम भित्र कोही मानिस भएको आलाई नलागेको उनले बताए । यो रिजर्भ क्यालिफोर्नियाको रिभरसाइट काउन्टीमा पूर्व लस एन्जलसको ६५ माइल पर रहेको छ । याहाँ ४५२ बे एयर मोबिलिटी विङ्स तैनाथ गरिएको छ । यो बेसमा २ हजार देखि ६ हजार एयर फोर्सको रिजर्भ सैनिक तथा अन्य कर्मीहरु रहेका छन् ।

विमान दुर्घटनापछि बेसबाट भएर जाने उत्तर दक्षिण मार्ग तथा इन्टरस्टेट सेक्सनको २१५ को दुवैतर्फबाट बन्द गरिएको छ । क्यालिफोर्निया हाइवे पेट्रोलका अनुसार सवारी चालकलाई यो क्षेत्र प्रयोग नगर्नका लागि भनिएको छ ।

Loading...