त्रिसुलीमा बस खस्दा ५ को मृत्यु ३० घाइते

काठमाडाैं, ५ जेठ । त्रिसुली नदीमा बस दुर्घटना हुँदा ५ यात्रीको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाडौतर्फ आउँदै गरेको बस आइतबार बिहान दुर्घटना भएपछि उक्त हताहती भएको हो ।

ना ७ ख ४३८७ नम्बरको बस धादिङको गजुरी-६ स्थित सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। उक्त दुर्घटनामा १ महिलासहित ५ जनाको ज्यान गएको प्रहरीले पुष्ठि गरेको छ । मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए।

३० जना घाइते भएकोमा १५ को अवस्था सामान्य रहेको र अन्यलाई थप उपचारको लागि काठमाडौ लगिएको जिप्रका धादिङले जानकारी गराएको छ ।

Loading...