हिन्दु देवताको चित्र भएका ट्वाइलेट कभर, जुत्ता र डोरम्याट बिक्री गरेपछि अमेजनमाथि ठूलो आलोचना

काठमाडाैं । अमेजनको वेबसाइटमा हिन्दु देवताको चित्र भएको ट्वाइलेट कभर, जुत्ता तथा डोरम्याट जस्ता बस्नु बिक्री भएकोमा अमेजनको निन्दा भइरहेको छ । यो विषयमा अमेजनले माफी माग्नु पर्न पतंजलीका संस्थापक बाबा रामदेवले बताएका छन् । रामदेवले ट्वीट गरेर प्रस्न सोधेका छन्,“कि सधै हिन्दु देवी देवताको मात्रै अपमान हुन्छ ?”

सोशल मिडियामा बिहीबारबाट बोइकट अमेजन ह्यासट्याग ट्रेन्डिङ भइरहेको छ । अमेजनमा भगवान शि व तथा गणेशको तस्बिर भएको डोरम्याट बिक्री भइरहेको तस्बिर देखा परेपछि मानिसले मोबाइलबाट अमेजनको एप हटाइरहेका छन् ।

अमेजनको बोइकटको अभियान पनि तीव्र दरमा वृद्धि भइरहेको छ । मानिसहरु अमेजनलाई सार्वजनिक रुपमै बहिष्कार गर्नका लागि आग्रह गरिरहेकमा छन् । यो भन्दा पहिला अमेजनमा झन्डावाल डोरम्याट बिक्रीको विषय देखा परेको थियो । उक्त समयमा मानिसहरुले अमेजनलाई चेतावनी दिएका थिए ।

सबै बिक्रोले कम्पनीको निर्देशिका पाला गर्न आवश्यक भएको अमेजनले जनाएको छ । यस्तो नगर्नेमाथि कारवाही गरिने पनि कम्पनीले जनाएको छ । जुन उत्पादनमा प्रश्न उठिरहेको छ त्यसलाई स्टोरबाट हटाउन लागिएको पनि कम्पनीले जनाएको छ ।

Loading...