देउवाले नै गुट चलाएको कांग्रेस महामन्त्री कोइरालाको आरोप

काठमाडौ, ४ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले शनिबार आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताए ।

“सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ, यसले पार्टीलाई फाइदा पुग्दैन,”–उनले भने । पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने उनको भनाइ थियो ।

नेता डा कोइरालाले मानव अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक र राष्ट्रिय सुरक्षा विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्ने बताउँदै भने, “महङ्गी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहिनताको अन्त्यका लागि कांग्रेस अग्रसर हुनुपर्दछ ।’’

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विधि र विधानअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने बताए ।

Loading...