नेपालको प्रतिनिधित्व गर्दै प्रियंका फ्रान्समा हुने चलचित्र महोत्सवमा

काठमाडौ । नायिका प्रियंका कार्की फ्रान्समा हुने क्यानेस चलचित्र महोत्सवमा जाने भएकी छन्।

विश्वभरका चलचित्र कर्मीहरुको महोत्सव मानिने क्यानेस चलचित्र महोत्सव – २०१९ मा नेपालकाे प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की फ्रान्समा जान लागेकी हुन्।

मे महिनाको १४ तारिखदेखि २५ सम्म हुने महोत्सवमा विभिन्न क्षेत्रका चलचित्रहरु देखाएर प्रतिस्पर्धाहरु गरिन्छन्। क्यानेस चलचित्र महोत्सवमा विश्वभरका चलचित्रकर्मीहरु उपस्थित हुनेछन्। कार्यक्रम फ्रान्सको क्यानेसमा हुँदैछ।

Loading...