कुकुरले जमिनमुनि गाडिएको शिशुलाइ जीवितै उद्धार गर्यो

काठमाडाैं । थाइल्यान्डमा एक कुकुरले जमिनमुनि गाडिएको नवजात शिशुलाई जीवितै उद्धार गरेको छ।

प्रहरीका अनुसार १५ वर्षिया किशोरीले आफ्नो गर्भवस्था लुकाउन भर्खर जन्माएको छोरा फालेका थिए। किशोरीले शिशुलाई जमिनमुनि गाडेकी थिइन्।

बान नङ खान गाउँमा पिङ पङ नाम गरेको कुकुरले जब शिशुलाई जमिनमुनि भएको थाहा पायो। उसले जमीन खोतल्यो।

कुकुरले शिशु जिवितै देखेपछि आफ्ना मालिकलाई भुक्दै त्यस स्थानसम्म लग्यो। त्यसपछि उनले गाउँलेलाई बोलाएर त्यहाँबाट बच्चा निकाले।

हतार हतार अस्पताल पुर्याइएका शिशु यतिबेला स्वस्थ भएको जनाइएको छ। पिङ पङका माकिल उसा निसिखाका अनुसार तीनवटा मात्र खुट्टा चल्ने आफ्नो कुकुरले गर्वको काम गरेको छ।

कुकुरको एक खुट्टा कारको ठक्करबाट नचल्ने भएकाे थियो। उनले भनिन्,‘मैले घाइते भएता पनि पिङ पङलाई पाले। किनभने यो निकै आज्ञाकारी र वफादार छ। यसले मलाई हरेक समय सहयोग गर्छ।’

ती १५ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो। किशोरीको परिवारले आफूहरु बच्चा पाल्न तयार भएको बताएपछि किशोरीलाई छाडिएको छ।

Loading...