ब्राजिलको राष्ट्रिय टोलीबाट मार्सेलो आउट, नेयमारको नेतृत्वमा नयाँ टिम घोषणा

एजेन्सी । ब्राजिलले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । घरेलु भूमिमा हुन लागेकाे कोपा अमेरिका फुटबलका लागि ब्राजिल फुटबल संघले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो । टाेलीमा स्टार खेलाडी नेयमार परेका छन भने अर्का चर्चित डिफेन्डर मार्सेलाे भने समावेश गरिएका छैनन ।

प्रतियोगिता ब्राजिलको पाँच शहरमा हुने छ । जुन १४ बाट सुरु हुने कोपा अमेरिकाका लागि ब्राजिलले नेयमारसहित गाब्रियल जिसस, रोबर्टो फिर्मिन्हो, फिलिपे काउटिन्हो लगायका खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

केही चर्चित खेलाडी भने टिम बाहिर भएका छन् । यस पटक नियमित सदस्य तथा डिफेन्डर मार्सेलो, फाबिन्हो, लुकास मौरा र भिनियस जुनियर टिम बाहिर रहेका छन् ।

ब्राजिलको टिम

गोलकिपर : एन्डरसन, एलिसान, कासियो

डिफेन्डर : डानी अल्भेस, थिएगो सिल्भा, मार्काविन्होस, फिलिप लुइस, मिरन्डा,फाग्नेर, इडेर मिलिटाओ, एलेक्स सान्ड्रो,

मिडफिल्डर : स्एल्लन, आर्थर,कासिमिरो,फर्नानडिन्हो, लुकास, फिलिपे काउटिन्हो

फरवार्ड : नेयमार,एभर्टन,रोबर्टो फिर्मिन्हो,गाब्रियल जिसस,डेभिड नेरेस, रिचार्लीसन

Loading...